२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

सक्कली कहानीमा नक्कली ‘कागजपत्र’

सक्कली कहानीमा नक्कली ‘कागजपत्र’

1.4K
Shares

प्रवासमा बसेर नेपाली चलचित्रसँग साइनो जोड्ने नेपाली युवाहरु खिलेन्द्रराज तिम्स्ीना,प्रजापती सिवाकोटी र मुकेस रेग्मीले मिस्टर भर्जिनपछि फेरि नयाँ कथानक चलचित्र ‘कागज पत्र’ बजारमा ल्याउने भएका छन्।
यही आउँंदो चैत ८ गते रिलिज मिति तय गरेर निर्माण गरिएको चलचित्रको हालै केहि गितले बजारमा लोकप्रीयता समेत हात पारिसकेको छ । बिदेश जाने रहरमा नक्कली कागजपत्र बनाएर अगाडि बढेको यो चलचित्र पछिल्लो परिस्थीतीको एउटा बास्तविक कहानी पनि हो । ठ्याक्कै अस्ट्रेलियामा नक्कली बिहेको कयैन घटनाहरु आउदैगर्दा बजारमा आउन लागेको कागजपत्रले नेपाली चलचित्रप्रेमीको मन जित्ने देखिएको छ । कागजपत्रको ट्रेलर समेत सार्वजनिक भैसकेको छ ,यसले पनि बजारमा निकै खैलाबैला मच्चाइसकेको छ ।
चलचित्रको सार्वजनिक पोष्टरमा मुख्य कलाकार नाजिर हुसेन, शिल्पा मास्के, भोलाराज सापकोटा, सरिता गिरी, लोकेन्द्र लेखकलाई स्थान दिइएको छ।
इपी इजुकेशन अष्ट्रेलियाको प्रस्तुतिमा तयार भएको चलचित्रलाई अपिल बिष्टले लेखन तथा निर्देशन गरेका हुन्।
सामाजिक कथामा तयार भएको यो चलचित्रले दर्शकलाई मनोरञ्जन दिने निर्देशक बिष्टले बताए। निर्देशक बिष्टको डेब्यू चलचित्र बक्स अफिसमा असफल भएकाले पनि उनका लागि ‘कागजपत्र’ विशेष बनेका छ।
अस्ट्रेलियाको सीडनीलाई कर्मथलो बनाएर बसेको कानुन ब्यवशायी खिलेन्द्र तिम्सिना, मुकेश रेग्मी र शैक्षिक परामर्शदाता प्रजापति सिवाकोटीले चलचित्रमा लगानी गरेका हुन्।
चलचित्रमा बसन्त सापकोटाकफ संगीत, क्यासिमिर डिक्शनको छायांकन, निमेष श्रेष्ठको सम्पादन रहेको छ।
‘हामी विदेशमा रहे पनि नेपाली भाषा, संस्कृति र कलाबाट पर रहन सक्तैनौ त्यसैले पनि हामीले यसक्षेत्रमा केहि परक चिज पस्कने प्रयास गरेका छौ’, निमार्तामध्येका एक प्रजापती सिवाकोटीले सेतोपाटीलाई बताए।
चलचित्रका अर्का लगानीकर्ता खिलेन्द्र तिम्सीनाले मिस्टर भर्जिनपछि नयाँ सोचका साथ कामजपत्र दर्शक श्रोतामाझ प्रस्तुत गर्न लागेको बताए। ‘हामी पहिलो चलचित्र बनाउँदा नौलो र पहिलो थियौ अब त्यसले हामीलाई धेरै कुरा सिकाएको छ, हामी अब केहि फरक र अलग बिषयबस्तुका साथ चैतको पहिलो साता कागजपत्र लिएर बजारमा आउँदै छौ’,तिम्सीनाले भने।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij