बुटवल – उपचार गर्न अस्पताल पुगेका बालकलाई थप्पड हानेको अभियोगमा एक चिकित्सक पक्राउ परेका छन् ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका दन्त चिकित्सक डा. हेमन्त पाठकले दाँतको गिंजामा घाउ आएपछि उपचार गर्न आएका ७ वर्षीय अभिनव विकलाई गालामा झापड हानेका थिए । डाक्टरले बालकलाई पिटेपछि आफन्त र अन्य विरामीका आफन्तले चिकित्सकलाई कारवाहीको माग गर्दै अस्पताल घेराउ र नाराबाजी गरेका थिए ।
डाक्टरको पिटाईबाट बालकको गालामा रातो डाम देखिएको छ ।
आक्रोशित भीडले अस्पताल प्रशासन घेरेपछि प्रहरीले डा.पाठकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij