२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आज माईतीघर मण्डलामा अस्थायी करार शिक्षकले प्रदर्शन गर्ने

आज माईतीघर मण्डलामा अस्थायी करार शिक्षकले प्रदर्शन गर्ने

1.5K
Shares

काठमाडौं- अस्थायी करार शिक्षक केन्द्रीय संघर्ष समितिको आव्हानमा आज काठमाडौको माईती घर मण्डलामा शान्तिपूर्ण प्रदर्शन हुने समितिले जनाएको छ। संघर्ष समितिका अध्यक्ष हरिबंश पराजुलीका अनुसार हिजो देसभरका अस्थायी करार शिक्षकहरु शिक्षा तथा मानव विकास श्रोत केन्द्र भक्तपुरमा रिले अनशन तथा धर्नामा बसेका थिए ।२०७२ असोज २ गतेपछि नियुक्त अस्थायी करार शिक्षकहरुलाई पनि शिक्षक सेवा परिक्षाको आन्तरिक प्रक्रियामा समावेश गर्नुपर्ने माग गर्दै उनीहरु र्याली तथा धर्ना मा बस्नुपरेको अध्यक्ष पराजुलीले बताउनुभयो।
२०७२ असोज २ गते अघिका शिक्षकहरुलाई आन्तरिक परीक्षा र गोल्डेन ह्याण्डसेक दुवै दिईएको तर आफूहरुलाई दुवै प्रक्रियामा सहभागी हुनबाट बञ्चित गराईएको सम्बन्धमा शिक्षा तथा मानव बिकास श्रोत बिभागका महानिर्देशक बाबुराम पौडेल सामु शिक्षकहरुले गुनासो गरेका थिए ।सो अवसरमा बिभागका महानिर्देशक पौडेलले अस्थायी करार शिक्षकलाई अन्याय मा पर्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
सरकारलेनै यस अघि भएको सम्झौता तथा संधिानको पालना नगरे सम्म आन्दोलनका साथ निरन्तर अगाडि बढ्ने संघर्ष समितिले बताएको छ ।
हिजोको धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै समितिका संरक्षक भरत केसीले यसअघि शिक्षा मन्त्रालय र नेपाल शिक्षक महासंघबीच भएको २० बुँदे सहमति अक्षरंश पालना गर्नुपर्नेमा जोड दिए ।
उनले भने,‘प्रस्तावित संघीय शिक्षा ऐनको मस्यौदामा हाम्रा मागहरु समावेश गरिएका छैनन् । ती छुटाईएको कुरालाई ऐनमा समावेश गर्नुपर्छ ।
संघर्ष समितिका अध्यक्ष हरिबंश पराजुलीले देशभरि कार्यरत करिब १३ हजार अस्थायी करार शिक्षकहरुमाथि गरिएको अन्याय आफूहरुलाई मान्य नभएको चेतावनी दिदै तत्काल सरकारले पीडित शिक्षकलाई लिएर सम्बोधन गर्नुपर्ने बताए।
कार्यक्रममा ७७ वटै जिल्लाबाट उपस्थित सात सय भन्दा बढी अस्थायी करार शिक्षकहरुले शिक्षा तथा मानव बिकास श्रोत बिभाग अगाडि दिनभरी धर्ना दिएका थिए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij