काठमाडौं–रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल (केमसन)को अध्यक्षमा सुरेश घिमिरे दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित भएका छन् ।
स्वास्थ्य उपचारका रसायन तथा मेडिकल उपकरण आपूर्तिकर्ताहरुको छाता सगंठन केमसनको शुक्रबार सम्पन्न १३ औँ वार्षिक साधारण सभामा भएको अधिवेशनमा सम्पूर्ण पदमा निर्विरोध र्निवाचित भएको केमसनका संचार तथा प्रचारप्रसार समिति संयोजक विनयराज सिग्देलले जानकारी दिए ।
घिमिरेको अध्क्षतामा नवगठित १३ मध्ये ९ सदस्यको कार्यसमितिमा निवर्तमान अध्यक्षमा भक्त हमालसहित प्रथम उपाध्यक्षमा कविराज पोखरेल रहेका छन् । त्यस्तै महासचिवमा विनोदकुमार मानन्धर, सचिवमा अर्जुनकुमार रायमाझी र कोषाध्यक्षमा दिपक शर्मा र्निवाचित भएका छन् ।
यसैगरी केन्द्रिय सदस्यहरुमा पुण्यप्रसाद नेपाल, निर्मल रेग्मी र समिर मरहट्ठा निर्वाचित भएका छन् । नवनिर्वाचित कार्यसमितिको कार्यकाल दुई वर्र्षको रहने सिग्देलले बताए । संयोजक सिग्देलका अनुसार द्घितिय उपाध्यक्ष तथा ३ जना कार्यसमिति सदस्य मनोनयन नवगठित कार्यसमितिले गर्ने व्यवस्था संघको विधानले गरेको छ ।
गुणस्तरीय उपकरण तथा रसायन उपल्वध गराउने उद्देश्य सहित बि.स २०६१ साल देखि सक्रिय रहेको केमसनले ७ प्रदेशमा शाखा विस्तार गरसिकेको छ । संस्थाको सदस्य सख्ंया ३०० पुगीसकेको जनाइएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij