२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सीमाका सयौं नेपालीमाथि भारतीय ज्यादतीः जनप्रतिनिधिसमेत हरेक वर्ष तीन सय बुझाउन बाध्य

सीमाका सयौं नेपालीमाथि भारतीय ज्यादतीः जनप्रतिनिधिसमेत हरेक वर्ष तीन सय बुझाउन बाध्य

995
Shares

कैलाली – भारतीय सीमासँग जोडिएका कैलारी गाउँपालिकाका वडा नम्बर ३, ५ र ७ स्थित बस्तीका करिब नौ सय परिवारमाथि भारतका वन कर्मचारीले वर्षाैंदेखि ज्यादती गरिरहेको पाइएको छ । यहाँका हरेक परिवारका एक सदस्यले हरेक वर्ष सीमापारि भारतको जंगलमा गएर नाली बनाउने, झाडी काटेर सफा गर्ने लगायतका श्रम निःशुल्क गर्नुपर्छ भने उल्टै प्रतिपरिवार तीन सय रुपैयाँ बुझाउनुपर्ने बाध्यता छ । यो समाचार आजको नागरिक दैनिकमा दिलबहादुर छल्यालले लेखेका छन् ।

‘भनेअनुसार नगरे पारि गएका बेला कुटपिट गर्ने, चोरीसिकार, तस्करी लगायतका झुटा मुद्दा लगाएर फसाइदिने धम्की दिने गरेकाले बाध्य भएर निःशुल्क श्रम गर्न र नगद बुझाउन बाध्य हुँदै आएका छौं,’ कैलारी गाउँपालिका–३ का वडा सदस्य भगीराम चौधरीले भने, ‘के गर्नु, गाईगोरु चराउन र सामान खरिद गर्न सीमापारि जानुपर्ने बाध्यता छ ।’

सर्वसाधारणमात्रै नभई त्यस क्षेत्रका जनप्रतिनिधिहरूसमेत भारतीय पक्षलाई नियमित रकम बुझाउन र परिवारका एक सदस्य निःशुल्क श्रम गर्न पठाउन बाध्य छन् । ‘सबैले विरोध गरे पनि हाम्रो केही चल्दैन, अनेक बाहना बनाएर फसाउन र दुःख दिन सक्ने भएकाले म आफैं पनि त्यसो गर्न बाध्य छु,’ कैलारी गाउँपालिका–३ वडाअध्यक्ष कैलाश चौधरीले भने। भारतीय पक्षलाई रकम नबुझाए विभिन्न लाञ्छना लगाउने, सताउने, धम्क्याउने र कुटपिट गर्ने गरेको उनी बताउँछन् ।‘ उनीहरूले भनेको नमाने अरूले काटेको काठमा उभ्याएर फोटो खिच्ने, वन्यजन्तुका अंग, हड्डी र छाला भेट्टाएको भनेर मुद्दा लगाउने गर्छन्,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij