२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

१४ करोडमा बनेको सुकुम्बासी आवास प्रयोगविहीन, किन सर्न मानेनन् सुकुम्बासी ?

१४ करोडमा बनेको सुकुम्बासी आवास प्रयोगविहीन, किन सर्न मानेनन् सुकुम्बासी ?

1.6K
Shares

काठमाडौँ– चक्रपथबाट करिब दुई किलोमिटरको दुरीमा रहेको नागार्जुन नगरपालिका वडा नं १ इचङ्गुनारायणमा पुग्दा विदेशको कुनै व्यबस्थित बस्तीमा पुगे जस्तो लाग्छ ।

चौडा सडक, रङ्गरोगनले टिलिक्क पारिएका घर, सबै कोठामा बरण्डा, बिजुली खानेपानीको व्यबस्था कम्युनिटी हल सबै भएको एउटा व्यबस्थित सहरको कुनै सम्पन्न आवासीय क्षेत्र जस्तो देखिने सो क्षेत्रमा दुई वर्षअघि ३ घरमा २२३ वटा फ्ल्याट निर्माण गरिए । तर तिनको अझै उपयोग भएको छैन ।
सरकारले करिब १४ करोड रुपियाँ खर्च गरी यो भवन सुकुम्बासीका लागि बनाएको हो । थापाथलीस्थित बाग्मती किनारका सुकुम्बासीका लागि तयार गरेको सो आवासमा सर्न भने सुकुम्बासीहरू मानिरहेका छैनन् । स्थानीयले ज्यान लिन्छन् भन्दै सुरक्षाको प्रश्न उठाएर तर्किएका हुन् ।
काठमाडौँ उपत्यका विकास प्राधिकरणले ती आवासगृहको स्वामित्व कसरी हस्तान्तरण गर्ने, कसरी भाडा र भोगाधिकार कायम गर्ने भन्ने मोडालिटी तयार गरी सरकारलाई बुझाएको छ तर त्यो कार्यान्वयनमा नआएको तर्क गर्दै आएको छ ।
कुल २२३ युनिटमध्ये केहीमा अहिले वडा कार्यालय, प्रहरी बिट राखिएको छ भने बाँकी आवासगृह सबै खाली छन् । कुल साढे आठ रोपनी क्षेत्रफलमा फैलिएको उक्त आवासक्षेत्रमा एक परिवारका लागि सामान्य दुई कोठा, एक भान्सा र शौचालयसहितको संरचना तयार गरिएको छ । गोरखापत्र दैनिकमा खबर छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij