२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिभिल होम्सले एक हजार एक घर बेच्यो

सिभिल होम्सले एक हजार एक घर बेच्यो

7.4K
Shares

काठमाडौं– सिभिल होम्स १ हजार एक घर बेच्न सफल भएको छ।
होम्सले राजधानीमा आयोजित पत्रकार सम्मेलनमा एक हजार एक घर बनाएर खरिदकर्तालाई हस्तान्तरण गरेको जनाएको छ । २०५७ सालमा स्थापना भएको यो संस्था हाउजिङ क्षेत्रमा ‘आईओएस’ प्रमाणपत्र पाउने नेपालको पहिलो संस्था हो।
सिभिल होम्सका अनुसार पहिलो फेजमा भैसेपाटीबाट सुरु भएको यात्रा कलंकी तिनथाना, सुनाकोठी, धापाखेल, खुमलटार, रामकोट–सितापाइला, हँुदै अहिले नवौँ फेजमा गोदावरी पुगेको छ।
होम्सले ललितपुरको भैँसेपाटीमा सञ्चालनमा रहेको पहिलो परियोजनामा २४ रोपनी जग्गामा ५२ वटा घर बनाएर २१ देखि ३१ लाखमा बिचेको जनाएको छ । ७२ रोपनीमा बनेको दोस्रो परियोजनाका १२३ वटा घरहरु बिक्री भएको जनाएको छ ।
सुनाकोठीको १२७ रोपनी जग्गामा बनेको १९७ वटा घरपनि सम्बन्धित हस्तान्तर गरेको र १९ रोपनी क्षेत्रफलमा बनेको सुनाकोठीको कोलोनी–१मा ७२ घर हस्तान्तरण गरेको सिटिबस्ती परियोजना फेज–६ खुमलटारमा बनेको ७२ वटा घर पनि हस्तान्तरण भएको छ ।
होम्सले अहिले धापाखेल, सितापाइला, गोदावरीमा घर बिक्री र निर्माण कार्यभइरहेको जनाएको छ । धापाखेलमा १३५ रोपनीमा बन्ने २४४ वटा घरमध्ये अपार्टमेन्टसहित२४० घर बिक्री भएको जनाएको छ ।
सीतापाइलामा ४५रोपनीमा बन्ने १०८ घरमध्ये ६६ घर बिक्री भएको बताइएको छ । यस्तै गोदावरीमा ४२ रोपनी ७ आना बन्ने १०७ घरमध्ये ४६ वटा बिक्री भएको जनाएको छ ।
यसको अलावा सुन्धारामा सिटिसी मल, सिभिल लक्जरीका साथै धापाखेलमा रहेको सिभिल अपार्टमेन्ट छन्।
१८ वर्षको अन्तरालमा यस ग्रूपले सिभिल सेभिङ, सिभिल होम्स, सिभिल बैंक, सिभिल आरएमसी लगायत डेढ दर्जन बढीले सेवा दिइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij