२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कामना सेवा विकास बैंकको भिसा कार्ड सेवा सुरु

कामना सेवा विकास बैंकको भिसा कार्ड सेवा सुरु

1.8K
Shares

काठमाडौं– कामना सेवा विकास बैंक लिमिटेडले भिसा डेविट कार्ड सेवा सुरु गरेको छ । आफ्नो सेवा विस्तारको क्रममा फागुन १७ गतेबाट भिसा डेविट कार्ड सुविधाको शुभारम्भ गरेको हो ।
बैंकका संचालक समितिका अध्यक्ष सुदिप आचार्यले सेवाको शुभारम्भ गरे । बैंकका संचालक चतुराखर अधिकारी, देव कृष्ण काफ्ले र बलराम बरालको उपस्थिति रहेको उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृतले अब उपरान्त यस बैंकका ग्राहकहरुले नेपाल, भारत र भुटानमा समेत उक्त भिसा कार्ड प्रयोग गरि कारोबार गर्न सक्ने बताए ।

साथै, भिसा कार्ड सुविधाको सञ्चालनबाट बैंकको व्यापार विस्तारलाई अझ तिव्रताका साथ अघि बढाउन सकिने समेत उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij