काठमाडौं– केहि दशक अघिसम्म नेपालमा भरपर्दो हवाई सेवा थिएन । हवाई सेवा भनेकै तत्कालिन शाहि नेपाल बायु निगमले धानेको थियो । मानिसहरुमा पनि हवाई सेवाको उपभोग गर्ने बानी थिएन । खुल्ला अर्थनीतिसगैं सबै क्षेत्रमा निजि क्षेत्रको प्रवेश भयो । लगानीका दृष्टिले अत्यन्त महंगो हवाई सेवा निजि क्षेत्रका लागि सजिलो विषय थिएन । ठुलै लगानीमा आएका कस्मीक र नेकोन जस्ता निजि एयरलाइन्सहरु सफल हुन सकेनन् । त्यस्तो अवस्थामा पनि हवाई सेवा व्यवसायमा हात हालेर आङछिरिङ शेर्पाले यति एयरलाइन्स सञ्चालनमा ल्याए । बुद्ध एयरसंगको प्रतिस्पधात्मक बजारमा पनि यति कमजोर देखिएन । नेपालको सुगम र दुर्घम क्षेत्रमा समान रुपले सेवा दिँदै आएको यति एयरलाइन्सले पछि भगिनी संस्थाको रुपमा तारा एयरलाइन्स समेत खुल्यो ।
सर्वधारणलाई हवाई सेवाको पहुँचसम्म पु¥याउन यति एयरलाइन्सको महत्वपूर्ण देन छ । स्वदेशमा मात्र नभई अन्तराष्ट्रिय उडानमा समेत आंशिक उपस्थिती देखाएको यति एयरलाइन्सका कुशल व्यवस्थापक आङछिरिङ शेर्पाको हेलिकप्टर दुर्घटनामा नै निधन हुन पुग्यो । कस्तो दुखद विडम्बना हवाई सेवाका विख्यात व्यवसायीको हवाई दुर्घटनामा नै निधन हुन पुग्यो ।
पर्यटनमन्त्री रविन्द्र अधिकारीसगैं हवाई क्षेत्रको विकास र विस्तार गर्न खटिरहेकै अवस्थामा शेर्पाको निधन हुन पुगेको हो । उनको निधनसगैं मुलुकले हवाई सेवा क्षेत्रका कुशल र महत्वपूर्ण योगदान पु¥याएको व्यक्ति गुमाएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij