२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मेला चैत १४ बाट ‘नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला’ हुने

मेला चैत १४ बाट ‘नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला’ हुने

1.7K
Shares

काठमाडौ-नेपाल उद्योग वाणिज्य महासंघले प्रत्येक वर्ष आयोजना गर्दै आएको ‘नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला’ यस वर्ष चैत १४ गते देखि हुने भएको छ। भृकुटीमण्डपमा आयोजना हुने उक्त मेला १४ देखि १८ गते सम्म चल्ने आयोजकले जनाएको छ।
मेलाका लागि स्टल बुकिङ खुला भैसकेको छ।

यस वर्षको मेलाका लागि चीनबाट ८०, भारतबाट १०, पाकिस्तानबाट १५, बङ्गलादेशबाट ४० र मेलामा नेपाली हस्तकला र एनटीआईएस बस्तुहरूको ५० वटा स्टल बुकिङ भैसकेको जनाइएको छ।

नेपाल सरकार,वाणिज्य मन्त्रालयको सहयोग, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको प्रवद्र्धन तथा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सह—आयोजनामा क्यालेन्डर इभेन्टको रूपमा उक्त मेला आयोजना हुन लागेको आयोजकले जनाएको छ।

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला–२०१९ आठौं संस्करण हो । नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला महासंघका अध्यक्ष भवानी राणाले मेला नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्न एक सशक्त माध्यम बन्दै गएको बताए ।

अध्यक्ष राणाले यस पटक लगानी सम्मेलनमा आउने विदेशी प्रतिनिधि र सार्क क्षेत्रका अन्तर्राष्ट्रिय प्रतिनिधिहरूको समेत मेला अवलोकनमा सहभागिता हुने र एनआइटीएफ मेलामा नेपालको औद्योगिक व्यवसायिक सम्भाव्यताका विषयमा जानकारी गराउन थप सहयोग पुग्ने बताए।

मेलामा कूल ३०० बढी स्टल मार्फत स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रदर्शनी गरिने छ।
मेलामा नेपाल सहित सार्क मुलुकहरू, चीन, थाइल्याण्ड, म्यानमार लगायतका देशहरूको सहभागिता रहने छ । मेलामा सार्क राष्ट्र सहित चीन, कोरिया, जापान लगायतका देशहरूबाट क्रेताहरू आउने अपेक्षा गरिएको छ ।

आयोजकका अनुसार मेलाको मुख्य आकर्षणमा हस्तकलाका उत्पादनहरू, एनटीआइएस प्रोडक्टहरू रहने छन्।मेलाका अवसरमा अन्तर्राष्ट्रिय खरिदकर्तास“ग प्रत्यक्ष अन्तरक्रिया गराउने योजना आयोजकको छ ।

मेलामा हस्तकला, पर्यटन, सूचना प्रविधि एवं व्यवसायिक सूचना, कृषि उत्पादन, उर्जा, भवन तथा निर्माण सम्बन्धी, शिक्षा, आदिका छुट्टाछुट्टै स्टलहरू रहने छन् ।

महासंघका उपाध्यक्ष किशोरकुमार प्रधानले मेलालाई नेपालमा लगानी आकर्षण तथा अन्तर्राष्ट्रिय व्यवसायिक सम्बन्ध विस्तारमा एक महत्वपूर्ण कडीका रूपमा हेरिएको बताए ।

महासंघको व्यापार मेला समितिका सभापति दिलसुन्दर श्रेष्ठले मेलामा विभिन्न देशबाट आउने व्यापारिक प्रतिनिधिहरूस“ग भेटघाट तथा द्विपक्षीय व्यापार प्रवद्र्धन र लगानी बारे छलफल हुने बताए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij