काठमाडौँ– राष्ट्रिय वाणिज्य बैकले मोरङ जिल्लाको मिल्काजुङ्ग गाउँपालिका वडा नम्बर–९ मधुमल्लामा शाखा कार्यालय स्थापना गरेको छ ।
उक्त शाखाको नेपाल सरकार अर्थ मन्त्रालयका आर्थिक सल्लाहकार डा.रामशरण खरेल र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलेले संयुक्त रुपमा शनिबार उद्घाटन गरेका छन् ।
प्रमुख अतिथि डा. खरेलले राष्ट्रिय वाणिज्य बैंक देशकै ब्राण्ड एम्बासडर बन्नुपर्ने बताउंदै सरकारी नीति तथा कार्यक्रमलाई थप सघाउ पुर्याउनु पर्ने बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले समृद्ध नेपाल सुखी नेपाली अभियानलाई सार्थकता बनाउन बैंकले सहुलियतपूर्ण कर्जा प्राथमिकताका साथ लगानी गरिरहेको बताए ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij