काठमाडौं – टिभीएस स्कुटर र मोटरसाइकलका लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले भाइवरसँग सहकार्य गरेको छ । भाइवरले जगदम्बा मोटर्स ब्रान्डको टिभीएसका कस्टुमाइज स्टीकर प्याकहरु सार्वजनिक गरेको हो । ग्राहकले भाइवरमा रहेको “लभ एट् फस्ट राइड” नामक स्टीकर डाउनलोड गरेर टिभीएस एनटर्क स्कुटर जित्नुका साथै थुप्रै रमाईला र आकर्षक उपहारहरु प्राप्त गर्न सक्नेछन् । दक्षिण पूर्वि एशिया भाइवरका विजनेस डेभलप्मेन्ट प्रमुख, अनुभव नायरले भने, “हामी जगदम्बा मोटर्ससँग सहकार्य गरेर नेपालमा संचारको माध्यमबाट यस्तो योजना लागू गर्न पाउँदा निकै खुसी छौँ ।” जगदम्बा मोटर्सका भाइस् प्रेसिडेन्ट दीपक अग्रवालले भाइवरसँग सहकार्य गरेर उपभोक्ताहरुलाई ब्रान्डमा डिजिटल्ली जोड्न पाउँदा निकै उत्साहित भएको बताए । यस योजनामार्फत उपभोक्ताहरुले मज्जा बढाउनुका साथै थप्रै रमाईला र आकर्षक एवम् ग्राण्ड उपहारहरु जित्ने अवसर प्राप्त गर्न सक्ने उनले बताए ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij