२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

तरुण दल रामेछाप नगर कार्यसमति विस्तार, सभापतिमा सन्तोष तामाङ

तरुण दल रामेछाप नगर कार्यसमति विस्तार, सभापतिमा सन्तोष तामाङ

1.5K
Shares

रामेछाप– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दल रामेछाप नगर कार्य समितिको भेलाले कार्य समिति विस्तार गरेको छ ।
नेपाली कांग्रेस जिल्ला कार्य समिति रामेछापका सभापति लवश्री न्यौपानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पार्टी सचिव लेखबहादुर कार्की, युवा नेता रत्न कार्की, कुमार श्रेष्ठ, नरबहादुर थापामगर,सिर्जना खड्का, तरुण दल रामेछापका अध्यक्ष काजीबहादुर खड्का लगायतका नेताहरुले उपस्थिति जनाएका थिए ।
विस्तारित तरुण दलको नगरकार्य समितिको सभापतिमा सन्तोष तामाङ, उपाध्यक्षमा राकेश थापामगर, विमला कार्की, सचिवमा रामकुमार कार्की,सहसचिवमा कृष्ण कार्की, समिता विक, कोषाध्यक्ष सुवास थापामगर चयन भएका छन् । सदस्यहरुमा गणेश कार्की, सुजन कार्की, अम्विका श्रेष्ठ,ठविराम थापामगर, गुणराज सुनुवार,ठाकुरमान मगर,प्रेमबहादुर थापामगर,जानुका श्रेष्ठ रहेका छन् ।
यसैगरि सदस्यहरुमा राजकुमर हायु, तिर्थ तामाङ, सजिव शाही, लक्ष्मण खड्का , गंगाबहादुर तामाङ, रविन घिसिङ, आर्यन बस्नेत र सौगात श्रेष्ठ चयन भएको जानकारी तरुण दलका जिल्ला सहसचिव जीवन कार्कीले दिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij