२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

हृदयघातका कारण ५५ वर्षीय गायक प्रतीक चौधरीको निधन

हृदयघातका कारण ५५ वर्षीय गायक प्रतीक चौधरीको निधन

1.2K
Shares

मुम्बई – बंगाली गायक प्रतिक चौधरीको निधन भएको छ । ५५ वर्षीय चौधरीको हृदयघातका कारण निधन भएको हो ।

परिवारिक स्रोतका अनुसार उनको निधन मंगलबार साँझ एपोलो अस्पतालमा भएको हो ।

उनका पत्नी र एक छोरा छन् । उनी बंगाली संगीत क्षेत्रका लोकप्रिय गायक हुन् । साथै उनले थुप्रै चर्चित फिल्ममा पनि आफ्नो स्वर दिएका छन् ।

उनको निधनप्रति दुख व्यक्त गर्दै गायिका परोमा बनर्जी लेख्छिन्, ‘यो घटनाप्रति विश्वास नै लागेको छैन । उनको र मेरो तीन दिन पहिले एक संगित समारोहमा भेट भएको थियो ।’

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij