काठमाडौं–त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायका सहायक डीन बौवालाल साहलाई त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले निलम्बन गरेको छ ।
यौन दुब्र्यवहारको आरोप लागेपछि परिषदको बुधबार बसेको आकस्मिक बैठकले निलम्बन गरेको हो ।
साह यौन दुव्र्यवहारको आरोपमा प्रहरी नियन्त्रणमा छन् । साहले विश्वविद्यालयको मान, प्रतिष्ठा र गरिमा घटाउने अत्यन्त अनुशासनहीन तथा निन्दनीय कार्य गरेहो हुँदा निजलाई विश्वविद्यालयको कुनैपनि कामकाज गर्न नपाउने गरी सहायक डीन पदबाट निलम्बन गरेको त्रिविका पदाधिकारीको भनाई छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij