२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

साउदी युवराज पाकिस्तान भ्रमणलगत्तै भारत पुगे

साउदी युवराज पाकिस्तान भ्रमणलगत्तै भारत पुगे

1.9K
Shares

एजेन्सी-साउदी अरबका युवराज मोहम्मद बिन सलमान दुई दिवसीय भ्रमणमा भारत पुगेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एयरपोर्ट पुगेर उनको स्वागत गरेका छन् ।

भारत प्रशासित काश्मिरको पुलवामा जिल्लामा हमलापछि भारत र पाकिस्तानबीच बढिरहेको तनावको असर युवराज सलमानको यो पहिलो द्वीपक्षीय भ्रमणमा पनि पर्नसक्छ ।

साउदी युवराज भारतलाई आफ्नो तेल अत्यधिक मात्रामा बेच्न चाहन्छन् ।

बुधबार जब प्रधानमन्त्री नरेन्द्र मोदी र युवराज सलमानबीच वार्ता हुनेछ तब पुलवामा हमलाबारे पनि विस्तृत रुपमा चर्चा हुने अनुमान गरिएको छ ।

सोमबार इस्लामाबादमा साउदी विदेशमन्त्री आदेल अल जुबैरले भनेका थिए, ‘हाम्रो उद्देश्य दुई देश, छिमेकी देशबीच तनाव कम गर्नु हो र शान्तीपूर्ण तरिकाले मतभेद हटाउने कुनै बाटो छ कि त्यसबारे चर्चा गरिनेछ ।’

पुलवामा हमलाअघि साउदी राजकुमारको भ्रमणको मुख्य एजेन्डा भारतको तेलको बिक्रि र आर्थिक लगानी नै थियो ।

तर अब परिस्थिती बदलिएकाले राजनीतिक चर्चा पनि हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij