चितवन-गण्डकी विकास बैंकले चितवनको भरतपुर महानगरपालिका वडा नं. ११ भोजाड बिशालचोकमा नयाँ शाखाको औपचारिक उद्घाटन गरेको छ।
चितवन निर्वाचन क्षेत्र न २ का प्रदेश सभा सदस्य बिजय सुवेदीले शाखाको उद्घाटन गरेका छन् । बैंकका सञ्चालक बासुदेव त्रिपाठीकोे अध्यक्षतामा सम्पन्न कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत छविन्द्रनाथ शर्माले बैंकका सेवा सुविधाका बारेमा जानकारी गराएका थिए।
बैंकका नायव प्रबन्धक सुरज शर्माले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने भोजाड शाखाका प्रबन्धक केशवराज आचार्यले कार्यक्रम सञ्चालन गरेका थिए।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij