२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

रेनो क्विड अब इलेक्ट्रिक भर्सनमा आउने

रेनो क्विड अब इलेक्ट्रिक भर्सनमा आउने

1.2K
Shares

रेनोले आफ्नो ह्याचब्याक कार क्विडको इलेक्ट्रिक भर्सन तयार गरेको छ । सो कार हाल चीनको सडकमा परीक्षण भइरहेको छ ।

रेनोले सबैभन्दा पहिले यो कारलाई चिनियाँ बजारमा उपलब्ध गराउने छ । चीनमा इलेक्ट्रिक सवारी साधन निकै नै लोकप्रिय छन् । चीन पछि बल्ल भारतमा यो कार लन्च गरिने छ । भारतमा आए पछि बल्ल नेपालमा आउने छ ।

यो कारको बारेमा धेरै कुरा सार्वजनिक भएको छैन । तर पनि क्विडको इलेक्ट्रिक भर्सनमा रियर भ्यु क्यामेरा, टचस्क्रिन इन्फोटेनमेन्ट सिष्टम, रियर एसी भेन्ट्स, अटोमेटिक एसी आदि प्रिमियम फिचर्स उपलब्ध हुने छन् ।

यो भन्दा पहिले मारुती सुजुकीको वागन आर र महिन्द्राको एक्सयूभी ३०० पनि इलेक्ट्रिक भर्सनमा आउने सार्वजनिक भइसकेको छ । त्यसैगरी टाटा टिगोर, हुन्डाई कोना आदि इलेक्ट्रिक कार बजारमा आइसकेका छन् ।

एक वेबसाइटका अनुसार २० वर्ष अर्थात २०४० मा ५५ प्रतिशत कार इलेक्ट्रिक हुने छन् । यसै कारण नै हाल पेट्रोल डिजेलबाट चल्ने गाडी समेत इलेक्ट्रिकमा परिवर्तन गर्ने लहर चलेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij