काठमाडौं – निसानको नयाँ सोरुमको रुपमा महाराजगञ्जमा मेगा मोटर्स सञ्चालनमा आएको छ ।
सोमबार एक समारोहका बीच निसानको उक्त सोरुम उद्घाटन गरिएको छ । निसानको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पका प्रबन्ध निर्देशक सन्दीपकुमार सारदा र अन्य अतिथिहरुले सोरुम उद्घाटन गरे । सोही अवसरमा हिजो लन्च गरिएको निसानको एसयूभी किक्स समेत सोरुम लन्च गरिएको छ ।
सो अवसरमा मेगा मोटर्सका सञ्चालक महेश पालले नयाँ सोरुम सञ्चालन गर्न पाएकोमा खुसी ब्यक्त गरे ।
सो एसयूभी डिजेल इन्जिनमा एक्सएल, एक्सभी र एक्सभी प्रिमियम गरी तीन प्रकारका र पेट्रोल इन्जिनमा एक्सएल र एक्सभी गरी दुई प्रकारका रहेका छन् । डिजेल इन्जिनयुक्त किक्सको मूल्य ४९ लाख ९९ हजार, ५६ लाख ९९ हजार र ५९ लाख ९९ हजार रुपैयाँ रहेको छ । पेट्रोल इन्जिनयुक्त किक्सको मूल्य ४७ लाख ९९ हजार र ५२ लाख ९९ हजार रहेको छ ।
यसैगरी नयाँ निसान किक्स पर्ल ह्वाइट, ब्लेड सिल्भर, ब्रोजन ग्रे फायर रेड, एम्बर अरेन्ज, जीप ब्लु पर्ल र नाइट सेड गरी जम्मा ७ प्रकारका विभिन्न कलरमा पाइनेछन् ।
यसमा १.५ लिटरको पेट्रोल र डिजेल इन्जिन छ । पेट्रोल इन्जिनले १०६ बीएचपी पावर र १४२ एनएम टर्क प्रदान गर्छ । त्यसैगरी डिजेल इन्जिनले ११० बीएचपी पावर र २४० एनएम टर्क प्रदान गर्छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij