काठमाडौं– सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा अब युकेबाट पनि सुरु भएको छ।
सहमतिमा सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डन र सिटी एक्सप्रेस, युकेका प्रबन्ध निर्देशक करमबहादुर गुरुङले हस्ताक्षर गरेका छन्।
यो सेवासँगै युकेबाट नेपालमा सिटी एक्सप्रेसको ७ हजार भन्दा बढी एजेन्ट मार्फत सिधै भुक्तानी लिन सकिने छ।
सथै कुनै पनि बैंकको खातामा सिधै रकम जम्मा गर्न सकिने सिटी एक्सप्रेसले जनाएको छ।बैंकका अनुसार सिटी एक्सप्रेस युकेबाट भालापे मोबाईल एप र ईन्टरनेट बैंकिङ् मार्फत सहज तरिकाले कारोबार गर्न सकिने छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij