काठमाडमैं– गरिमा विकास बैंकले फाल्गुन ५ गते चितनवको टाँडी र कञ्चनपुरको महेन्द्रनगर संगसंगै नुवकोटको बट्टार, लमजुङको बेसीशहर, बाँकेको चप्परगढी, र सुर्खेतको बीरेन्द्रनगरमा नयाँ शाखा कार्यालयका औपचारिक रुपमा सुरु गरेको छ । टाँडी नयाँ शाखा कार्यालयको उद्घाटन रत्ननगर नगरपालिकाका नगर प्रमुख नारायण वन र महेन्द्रनगर शाखा कार्यालयको उद्घाटन भीमदत्त नगरपालिकाकी उपप्रमुख शुशिला चन्द सिंहले गरेका थिए ।
हाल बैंकले देशभर ७२ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ भने निकट भविष्यमा चितवनको मिलनचोक, कास्कीको हेम्जापर्साको बीरगञ्ज र दाङ्गको तुल्सीपुरमा समेत नयाँ शाखा कार्यालय खोल्ने बैंकले जनाएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij