काठमाडौं– इन्टरनेट, नेटवर्क र टेलिभिजन सेवाप्रदायक कम्पनी सुबिसु केवलनेटले आफ्नो नयाँ शाखा भैरहवाको मिलनचोकमा बिस्तार गरेको छ । नयाँ शाखा कम्पनीका नेशनल सेल्स प्रमुख युवराजकार्की र सिद्धार्थ उद्योग बाणिज्य संघका महासचिब नेत्र प्रसाद आचार्यले उद्घाटन गरे ।
शाखाबाट सुबिसुले भैरहवा तथा त्यस क्षेत्र वरिपरिका ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै सुबिसुसँग सम्बन्धित सम्पूर्ण जानकारीहरु प्रदानगर्ने, कम्पनीका बिभिन्न सेवाहरुको विक्रि तथा वितरण साथै सेवा पछिको अन्य सेवा आफ्ना दक्ष तथा अनुभवि कर्मचारीहरुबाट प्रदान गर्ने जनाएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij