२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गायक भुवन प्यासीको ‘माईली’मा अन्जली अधिकारी (भिडियो)

गायक भुवन प्यासीको ‘माईली’मा अन्जली अधिकारी (भिडियो)

1.6K
Shares

काठमाडौँ-गायक भुवन प्यासीको नया गीतको भिडियो सार्वजनिक भएको छ । ‘माईली’ बोलको निकै मार्मिक गीतमा गायक भुवन प्यासीको नै शब्द र संगीत रहेको छ ।गीतमा भुवन प्यासीलाई स्वरमा सुरुचि पन्थीले साथ दिएकी छिन् ।

परदेशमा काम गरेका श्रीमानले आफ्नो श्रीमतीको सम्झनामा झारेको आँशु र वेदना भिडियोमा देख्न सकिन्छ ।निकै मार्मिक गीतको भिडियोमा पछिल्लो समय निकै चर्चामा रहेकी मोडल अन्जली अधिकारीको अभिनय रहेको छ ।गीतमा अन्जलीसगै गायक प्यासीको पनि अभिनय रहेको छ ।

गीतको म्युजिक भिडियो निकेश खड्काले निर्देशन गरेका हुन्। उत्तम हुमागाईको छायांकन रहेको यस गीतमा सन्तोष सुनारको ड्रोन चलाएका हुन् । भिडियोलाई विकास धमलाले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij