२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मुलुकको मुख्य एजेण्डा आर्थिक क्षेत्र हुनुपर्छ : डा. महत

मुलुकको मुख्य एजेण्डा आर्थिक क्षेत्र हुनुपर्छ : डा. महत

1.2K
Shares

काठमाडौँ । नेपाली काङ्ग्रेसका नेता डा. रामशरण महतले मुलुकको मुख्य एजेण्डा आर्थिक क्षेत्र हुनुपर्ने बताएका छन् ।
नेपाल व्यापार सङ्घले शनिबार टोखामा आयोजना गरेको ‘वनभोज तथा सांस्कृतिक कार्यक्रम’मा उहाँले मुलुकको विकासका लागि सरकारले आर्थिक क्षेत्रमा विकास गर्नुपर्ने बताए ।

‘आर्थिक विकासका लागि उद्यमशीलताको विकास हुनु जरुरी छ,’ उनले भने । उदार अर्थनीतिका कारण मुलुक यस अवस्थामा आएको उनको भनाइ थियो ।

डा महतले हरेक क्षेत्रमा निजी क्षेत्रको भूमिका बढ्नु मुलुकको आर्थिक विकासका लागि सकारात्मक रहेको बताए । मुलुकको विकासका लागि उद्योगी–व्यवसायीको ठूलो भूमिका रहेको भन्दै उद्योगी–व्यवसायीको मागलाई सरकारले सुन्नुपर्ने उनको भनाइ थियो ।

पूर्वअर्थमन्त्रीसमेत रहेका डा. महतले मुलुकको व्यापार घाटा कम गर्न वर्तमान सरकार लाग्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij