२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

पाँचथरमा चट्याङले एकको मृत्यु, नौ घाइते

पाँचथरमा चट्याङले एकको मृत्यु, नौ घाइते

995
Shares

पाँचथर – पाँचथरमा पानीसँगै परेको चट्याङ्ले एक जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्।
शनिबार साँझ चट्याङले फाल्गुनन्द गाउँपालिका–३ पौवासारतापमा १७ वर्षीय भगेन्द्र तामाङको मृत्यु भएको चट्याङले उनकै भाइ ११ वर्षीय मनकुमार तामाङ घाइते भएका छन्।
घाइतेको पाँचथर जिल्ला अस्पतामा प्राथमिक उपचारपछि अन्यत्र रिफर गरिएको छ। चट्याङ लागेर घाइते भएपछि प्रहरीको गाडीले उद्धार गरी जिल्ला अस्पताल ल्याएको थियो। यस्तै फालेलुङ गाउँपालिका –५ प्राङवुङमा चट्याङ पर्दा आठ जना घाइते भएका छन्। प्रहरीका अनुसार स्थानीय फौदामान तामाङको घरमा चट्याङ परेको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij