काठमाडौं – महिन्द्राले आगामी फागुन १० गते देखि राजधानीको भृकुटीमण्डपमा अटोमोबाइल प्रदर्शनी ‘महिन्द्रा उदय २०१९’ आयोजना गर्ने भएको छ ।
फागुन १२ गते सम्म चल्ने महिन्द्रा उदय २०१९ मा ३० भन्दा बढी मोडलका महिन्द्रा गाडी प्रदर्शनीमा राखिने छन् । सो अवसरमा महिन्द्राका एक्सयूभी ३०० र मराजो सहित ६ सवारी साधन लन्च गर्ने कार्यक्रम समेत छ ।
महिन्द्राका एक्सयूभी ३०० र मराजोका साथै युभो ४१५ ट्रयाक्टर, महिन्द्रा ब्लाजो २५ टिपर र महिन्द्रा फ्युरियो १४ ट्रक एकै साथ नेपाली बजारमा लन्च हुने भएका छन् ।
नेपालमा महिन्द्रा गाडीको आधिकारिक वितरक अग्नि ग्रुप र एमभी दुगड ग्रुपले आयोजना गर्ने सो इभेन्टमा यी सवारी साधन लन्च गर्ने योजना बनाएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले उद्घाटन गर्ने सो महिन्द्रा उदय २०१९ लाई लाइफस्टाइल र टेक्नोलोजीको संगम भनिएको छ ।
महिन्द्रा एक्सयूभी ३०० गत फेब्रुअरी १४ मा भारतमा लन्च भएको छ । लन्च हुनु अघि नै ४ हजार भन्दा बढी बुकिङ भइसकेको छ । भारतमा लन्च भएको छोटो समयमै यो नेपाली बजारमा पनि उपलब्ध हुने भएको हो ।
महिन्द्रा मराजो कम्पनीको अहिलेसम्मको सबैभन्दा ठूलो प्यासेन्जर भेइकल हो । महिन्द्रा मराजोमा नयाँ १.५ लिटर, ४ सिलिन्डर डिजेल इन्जिन छ । यसले १२१ एचपी पावर र ३०० एनएम टर्क प्रदान गर्छ । इन्जिन म्यानुअल ट्रान्समिसनको साथमा उपलब्ध छ ।
महिन्द्राले यसका साथमा जिभो ट्रयाक्टर, महिन्द्रा युभो ४१५ ट्रयाक्टर, महिन्द्रा ब्लाजो २५ टिपर र महिन्द्रा फ्युरियो १४ ट्रक एकै साथ लन्च गर्ने योजना बनाएको बताएको छ ।
कम्पनीले एसयूभी सेगमेन्टअन्र्तगत महिन्द्रा एक्सयूभी–५००, टीयूभी, केयूभी, थार, स्कर्पियो र महिन्द्रा स्कर्पियो पिकअप प्रदर्शन गर्नेछ ।
कृषि उत्पादनमा प्रयोग हुने अर्जुन नोभो–८०० फोर–डब्ल्यू डी, स्वराज–१, स्वराज–२ सहित पाँचवटा मोडल प्रदर्शन हुनेछ ।
दुईपांग्रे सवारीअन्तर्गत कम्पनीले गस्टो, सेन्चुरो र प्रिमियम बाइक मोजोलाई प्रदर्शन गर्नेछ भने विद्युतीय गाडी ई–भेरिटो, ई–सुप्रो, ई–अल्फा र ईटुओ प्रदर्शन गर्नेछ ।
कमर्सियल सवारी साधनमा बोेलरो पिकअप–१, बोलेरो पिकअप–२, बोलेरो पिकअप–३, म्याक्सिमो प्लस, ब्लेजो–२५, लोड किङ, कस्मो स्कुल बसलगायतका मोडल प्रदर्शनी गर्नेछ ।
महिन्द्राको डिजेल जेनरेटरहरूको समेत प्रदर्शनी गरिने छ ।
महिन्द्रा उदय २०१९ हेर्नका लागि अनलाइनमार्फत निःशुल्क रजिष्ट्रेसन गर्न सकिन्छ । यसका लागि महिन्द्रा उदयको वेबसाइट https://www.mahindraudaya.com/ मा गएर विभिन्न विवरण भर्नुपर्छ । त्यसपछि इमेलमा ई–टिकेट उपलब्ध हुन्छ । कम्पनीले यसका लागि पासको समेत व्यवस्था गरेको छ । अन्य अवस्थामा १ सय रुपैयाँ शुल्क तिरेर यो मेला हेर्न सकिन्छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij