काठमाडौं – कृषि विकास बैंकको चन्द्रागीरी नगरपालीका स्थित थानकोट शाखा औपचारीक रुपमा स्रचालनमा आएको छ । फागुन ३ गते शुक्रबार चन्द्रागिरी नगरपालीकाका मेयर घनश्याम गीरी, बैंक संचालक समितिका अध्यक्ष क्षेत्र बहादुर सेंजुवाल र बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय ले एक कार्यक्रमका विच उक्त शाखाको औपचारिक उद्घाटन गरेका छन् । कार्यक्रममा विशिष्ठ अतिथका रुपमा चन्द्रागीरी नगरपालीकाका उपमेयर लिसा नकर्मी, कृषि विकास बैंकका ब्राण्ड एम्वेस्डर दिपाश्री निरौला को पनि उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले बैंकले प्रदान गर्ने सेवा सुविधा तथा बैंकको बारेमा जानकारी गराउनुका साथै बैंक स्थानीयहरुलाई सुम्पिएको बताए । उनले भने हामीले यहाँहरुसम्म बैंक ल्याएका छौं अब यसको लालनपोषण गर्ने जिम्मा स्थानीय जनप्रतिनिधी र स्थानीयबासी हो । तपाईहरुको सहयोग निरन्तर भएमा बैंकले भविष्यमा बढी भन्दा बढी क्षेत्रहरु समेटी लगानी बृद्धि तथा अन्य थप बैकिङ्ग सेवा उपलव्ध गराउने उनले बताए ।
प्रमुख अतिथी तथा चन्द्रागीरी नगरपालीकाका मेयर गीरीले विकासको मुख्य साधन सरकारी संस्थाहरु भएको सन्र्दभमा कृषि विकास बैंक पनि एक सरकारी बैंक भएकोले सम्पूर्ण स्थानीय जनताहरुले सानो भन्दा सानो रकम कृषि विकास बैंकमा निक्षेपको रुपमा जम्मा गर्नुपर्ने बताए । उनले भने यसरी जम्मा भएको रकम उद्यमी गर्न चाहने स्थानीयहरुलाई बैकले नियमानुसार ऋण उपलब्ध गराउने हुनाले सम्पूर्ण उपस्थित स्थानीय जनसमुदायलाई बैंकमा खाता खोल्न आग्रह गर्नुका साथै नगरपालीकाको सम्पूर्ण कारोबार कृषि विकास बैंकबाट गर्ने व्यवस्था मिलाउने उद्घोष गरे ।
बैंक संचालक समितिका अध्यक्ष क्षेत्र बहादुर सेंजुवालज्यूले बैंकलाई दुख सुखको साथीको रुपमा हेर्न आग्रह गर्दै कृषि विकास बैंकले सुशासन सहितको गणस्तरीय सेवा उपलव्ध गराउने कुररमा ढुक्क हुन सबैलाइ आग्रह गरे ।
चन्द्रागिरी सहकारी संघका अध्यक्ष केशवराज शर्माले स्थानीय जनताको तिव्र चाहना र आफुहरुको अनुरोध समेतलाई ध्यानमा राखी चन्द्रागीरी नगरपालिकामा बैंक स्थापना गरि दिएकोमा बैंक परिवारलाई विशेष धन्यवाद दिए । उनले बैंकलाई अबका दिनमा स्मार्ट बैंकको रुपमा विकास गर्दै स्थानीय जनताको आवश्यकता तथा चाहना अनुरुप आफना सेवाहरु संचालन गर्नुपर्ने बताए । बैंकका ब्राण्ड एम्बेस्डर दिपाश्री निरौलाले बैंकले उपलव्ध गराउने सेवाहरुको पूर्णरुपमा उपभोग गर्दैै बैंकको विकासमा साथ दिन आग्रह गरीन् ।
कार्यक्रमका अध्यक्ष तथा कृषि विकास बैंकका क्षेत्रिय कार्यालय काठमाडौका मुख्य निर्देशक प्रताप सुवेदीले बैंकले अबका दिनमा थानकोट बासीलाई मन छुने गरी सेवा उपलव्ध गराउने बताउँदै आगामी दिनमा बैंकले सामुदायिक कार्यक्रम संचालन गरि देशको आर्थिक विकासमा टेवा पुर्याउने र उद्यमशीलता विकासमा महत्वपूर्ण योगदान गर्दै नेपालीहरुको घर आँगनको बैंकको रुपमा विकार्स गर्ने बताए ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij