काठमाडौं– काठमाडौंको प्रर्दशनी मार्गस्थित भृकुटीमण्डपमा मिडिया स्पेस सोलुसनले आयोजना गरेको ५ औँ नेपाल उड अन्तर्राष्ट्रिय प्रर्दशनी सुरु भएको छ।
शुक्रबारदेखि सुरु प्रर्दशनीमा काठबाट निर्मित विभिन्न सामाग्रीहरु राखिएको छ।
विशेष गरेर घर निर्माणका लागि आवश्यक पर्ने प्लाईउड, काठबाट बनेका घर, सजावटका सामानहरु, फर्निचरहरु, काष्ठ उद्योगका लागि आवश्यक पर्ने औजारहरु राखिएको छ।
त्यसैगरी प्लाईबाट बनेका सामानहरु, झ्याल ढोका, सोफासेट, डायनिङ टेबल, पार्केटिङका सामानहरु पनि प्रर्दशनीमा राखिएको छ। प्रर्दशनीमा नेपाल सहित विभिन्न १० मुलुकका १ सय २० वटा स्टल रहेको आयोजकले जनाएका छन्।
उक्त प्रर्दशनी तीन दिन सम्म चल्नेछ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij