ललितपुर– ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पताल स्थापनाको १३ औं वर्षमा प्रवेश गरेको छ।
ललितपुरकै जावलाखेलमा २०५२ सालमा अल्का फार्मेसी संचालनमा ल्याएका कुमार थापाले सेवा विस्तार गर्दै २०६२ सालमा अल्का अस्पताल स्थापना गरेका हुन ।
२०५७ सालमा अल्का पोलिक्लिनिक र त्यसको ५ वर्षपछि २०६२ साल अल्का अस्पतालले संचालन अनुमति पाएको थियो।
‘यहाँसम्म आइपुग्न सेवाग्राही, अस्पतालका चिकित्सक र कर्मचारीहरुकै देन हो’ अस्पतालका अध्यक्ष कुमार थापाले भने,‘यस्तै सहयोग र साथको अपेक्षा फेरि पनि गदर्छु।’
अल्का अस्पतालले अहिले टेष्ट ट्युव वेवी सेवा, प्रसुति सेवा तथा महिला रोग विशेषज्ञ, डाइवेटिज, बालरोग, मुटु रोग तथा त्यसका सम्पुर्ण परीक्षणा, नशा सम्बन्धि, जनरल फिजिसियन, बाथ, यौन तथा छालारोग विशेषज्ञ, ग्यास्ट्रोलोजी, रेडियोलोजी, आँखा रोग, नाक, कान घाँटी, दाँत रोग विशेषज्ञ, युरोलोजिष्ट, कलेजोरोग विशेषज्ञ, एनेस्थेसिया लगायतका सेवा दिदैँ आइरहेको छ।
१३ वर्ष प्रवेश गरेको अवसरमा अस्पतालमा रहेका विरामीहरुलाई फलफुलसमेत वितरण गरिएको थियो।
त्यसैगरी अस्पतालले रक्तदान कार्यक्रम आयोजना गरेको छ। लाइन्स क्लव अफ काठमाडौं अल्का डिष्टिक ३२६ एटुको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम आयोजना गरिएको हो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij