२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

ओम डेभलपमेन्ट बैंकको वित्तीय साक्षरता कार्यक्रम

ओम डेभलपमेन्ट बैंकको वित्तीय साक्षरता कार्यक्रम

1.1K
Shares

काठमाडौं–ओम डेभलपमेन्ट बैंकले आफ्ना बिभिन्न शाखाहरु मार्फत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले माध्यमिक तहमा अध्ययनरत बिधार्थीहरु तथा ग्रामिण क्षेत्रमा बसोबास गर्ने विभिन्न समुदायका व्यक्ति तथा समुदायहरुलाई छुट्टाछुट्टै रुपमा बैंकका प्रतिनिधिहरुद्धारा बैंकिङ तथा वित्तीय क्षेत्रका विविध विषयहरुमा जानकारी गराइएको बताएको छ ।

बैंकले चितवन भरतपुरको नयाँ किरण मा।वि।मा अध्ययरत बिधार्थीहरु लाई सहायक महाप्रबन्धक दुर्गा राम पुरी र भरतपुर तथा टाँडी शाखाका शाखा प्रबन्धकहरुद्धारा वचत तथा ऋण लगानीसँग सम्बन्धित विविध विषयमा बिधार्थीहरुलाई जानकारी गराएका थिए ।

त्यसैगरी पोखरा महानगरपालिका वडा नं २६ मा अवस्थित लक्ष्मी मा।वि मा मुख्य शाखाका प्रबन्धक सुदिप पौडेल र सोही महानगरपालिकाको वडा नं २८ मा अवस्थित जनज्योति मा।वि।मा अध्ययनरत बिधार्थीहरुलाई बैंकका मुख्य प्रबन्धक माधव अधिकारीले वित्तीय क्षेत्रका बारेमा जानकारी गराइएको बैकका प्रमुख कार्यकारी विश्व मोहन अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij