२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

हुन्डाईको नयाँ सोरुम नक्सालमा

हुन्डाईको नयाँ सोरुम नक्सालमा

2.3K
Shares

काठमाडौं- लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नक्सालमा अत्याधुनिक सोरुम सञ्चालन गरेको छ । नयाँ सोरुमबाट ग्राहकले अत्याधुनिक तथा उच्चस्तरीय अनुभव प्राप्त गर्ने कम्पनीको दाबी छ । नेपाली बजारमा बढ्दै गरेको हुन्डाईको माग पूरा गर्नुका साथै प्रिमियम बिक्री सेवा प्रदान गर्ने उद्देश्यले डिस्प्ले सोरुम स्थापना गरिएको कम्पनीले जनाएको छ ।

नेपालका लागि द रिपब्लिक अफ कोरियाका राजदूत पार्क योङ सिक, हुन्डाई मोटर कम्पनी, एसिया हेडक्वार्टर प्रमुख योङ सुक ली तथा लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठले बिहीबार संयुक्त रूपमा नक्साल सोरुमको उद्घाटन गरेका हुन् । सोरुममा विद्युतीय गाडी चार्ज गर्ने सुविधासमेत उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ । सोरुमले नेपालको अटोमोटिभ उद्योगलाई उच्च तहमा पु-याउन मद्दत गर्ने कम्पनीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij