२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

हुन्डाईको ‘स्यान्ट्रो’ नयाँ संस्करणमा

हुन्डाईको ‘स्यान्ट्रो’ नयाँ संस्करणमा

1.5K
Shares

काठमाडौं-नेपालका लागि हुन्डाई गाडीको अधिकृत विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘स्यान्ट्रो’ गाडीको नयाँ संस्करण ‘दी अल न्यू स्यान्ट्रो’ नेपाली बजारमा ल्याएको छ । कम्पनीले भ्यालेन्टाइन डेको अवसर पारेर बिहीबार नयाँ स्यान्ट्रो सार्वजनिक गरेको हो । हुन्डाई मोटर्स र लक्ष्मी इन्टरकन्टिनेन्टलको १० वर्षको साझेदारीका अवसरमा आयोजना गरिएको कार्यक्रममा नयाँ स्यान्ट्रो सार्वजनिक गरिएको थियो ।

गाडी सार्वजनिक कार्यक्रममा लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठले विश्व बजारमा चर्चित ब्रान्ड हुन्डाईसँग सहकार्य गरी कम्पनीले विगत १० वर्षदेखि ग्राहकको माग र चाहनाअनुसारका गाडी उपलब्ध गराउँदै आएको बताए । ‘ग्राहकको माग र चाहनाअनुरूपका विश्वस्तरीय गाडी उपलब्ध गराउनु र बिक्रीपछिको उत्कृष्ट सेवा प्रदान गर्न पाउनु कम्पनीका लागि गौरवको विषय हो,’ उनले भने, ‘हामीले समयमै बिक्रीपछिको सेवासमेत उपलब्ध गराउँदै आएका छौँ ।’ नेपाली बजारमा बदलिँदो नयाँ स्वरूपमा स्यान्ट्रो ल्याएर नेपाली उपभोक्ताको रोजाइअनुरूपको गाडी उपलब्ध गराएको सो अवसरमा उनले बताए ।

गाडी सार्वजनिक कार्यक्रममा हुन्डार्ई मोटर कम्पनी, एसिया हेडक्वार्टर प्रमुख योङ सुक लीले नयाँ स्वरूपमा उपलब्ध स्यान्ट्रोमा सबै प्रकारका सुविधा उपलब्ध रहेको बताए । यो गाडीले नेपाली उपभोक्तलाई सन्तुष्टि प्रदान गर्ने उनको विश्वास छ । चार भेरियन्टमा उपलब्ध नयाँ सेन्ट्रोको मूल्य नेपाली बजारमा २४ लाख ९६ हजारदेखि २९ लाख ९६ हजार पर्ने सो अवसरमा बताइयो ।

म्यानुअल गियर सिस्टम जडान गरिएको द अल न्यू सेन्ट्रो पुरानो संस्करणको तुलनामा थप आरामदायी रहेको कम्पनीले जनाएको छ । पाँचवटा गियर रहेको गाडीमा चालक र यात्रुलाई आरामदायी बनाउन सिटलगायतका संरचना थप फराकिलो बनाइएको छ ।गाडीको अगाडि भागमा फग ल्याम्प जडान गरिएको छ । गाडीको ‘स्टप ल्याम्प’मा पाँचवटा बल्ब जडान गरिएका कारण चालकले ब्रेक लगाउँदा पछाडिका सवारीचालकले छिट्टै थाहा पाउन सक्ने कम्पनीले जनाएको छ ।
‘किलेस इन्ट्री’ सुविधा रहेको गाडीमा प्रवेश गर्दा सवारीधनीले चाबीमा रहेको बटन क्लिक गरेकै भरमा ढोका खोल्न सक्नेछन् । १.१ लिटर पेट्रोल इन्जिनयुक्त गाडीमा १०.१ केजिएमको टर्कपावर र ४५ सय आरपिएम ‘रिभोलुसन पर मिनेट’ जडान गरिएको बताइएको छ । चारवटा सिलिन्डर र १२ भल्भ जडान गरिएको न्यू स्यान्ट्रोको अगाडि डिस्क ब्रेक र पछिल्लो भागमा ड्रम ब्रेक जडान गरिएको छ । गाडीमा ३५ लिटर क्षमताको ट्यांकी जडान गरिएको छ ।

हाई स्ट्रेन्थ स्टिल जडान गरिएको गाडी सुरक्षाको हिसाबले मजबुत रहेको कम्पनीको दाबी छ । यात्रु र गाडीको सुरक्षालाई मध्यनजर गर्दै गाडीमा रियर पार्किङ सेन्सर र रियर पार्किङ क्यामेरा जडान गरिएको छ भने स्पिड सेन्सी अटोडोर लक–अनलक सिस्टम जडान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij