२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल प्रेस युनियन कास्कीको अधिवेशन फागुन ११ गते सर्‍यो

नेपाल प्रेस युनियन कास्कीको अधिवेशन फागुन ११ गते सर्‍यो

1.1K
Shares

पोखरा– नेपाल प्रेस युयिनयन कास्कीको नवौं अधिवेशन फागुन महिनाको ११ गते नेपाल पत्रकार महासंघको सभाहलमा हुने भएको छ ।
नेपाल प्रेस युनियन कास्कीको विहिबार वसेको सल्लाहकार सहितको कार्यसमिति वैठकले विशेषकारण जनाउँदै अधिवेशन फागुनको ७ गते बाट ११ गते अधिवेशन हुने सर्वसम्मत निर्णय गरेकोछ।
अधिवेशनको उद्घाटन नेपाली काँग्रेसका सभपाति एवम् सम्माननिय पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा उद्घाटन हुने नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष शिरोमणि बरालले जानकारी दिए । अधिवेशनमा काँग्रेसका अन्य केन्द्रिय नेताहरुको पनि सहभागिता रहने छ ।
अधिवेशनलाई सफल बनाउका लागि नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष शिरोणि बरालको संयोजकत्वमा १ सय ५१ जनाको मूल आयोजक समिति तथा विभिन्न उपसमितिहरु गठन गरेको छ जसमा अर्थ संकलनमा रामप्रसाद भुर्तेल, आवास व्यवस्थापनमा गीता लामिछाने, भोजन व्यवस्थापनमा माधव रेग्मी, अतिथि स्वागत सत्कारमा विमला भण्डारी, मञ्च व्यवस्थापनमा सोमनाथ बराल, छपाई तथा स्टेशनरीमा पदम श्रेष्ठ र प्रचारप्रसारमा सन्दिप पौडेल रहेका छन्।
अधिवेशनको मिति घोषणासँगै सदस्यता नविकरण, नयाँ सदस्यता वितरण तथा आन्तरिक कार्यमा हामी तिव्र गतिमा अगाडि बढेका छौं, अध्यक्ष बरालले भने, ‘अधिवेशन सफल पार्नका लागि प्रेस युनियनका सम्पूर्ण सदस्यहरुलाई क्रियाशिल भएर लाग्न अनुरोध गर्दछौं।’
प्रेस युनियनमा आवद्ध सदस्यहरुलाई समयमा नै आएर सदस्यता नविकरण गर्न तथा नयाँले पनि नयाँ सदस्यता लिन सचिव प्रकाशचन्द्र सापकोटाले आग्रह गरेका छन् ।
अधिवेशनकै अवसरमा नेपाल प्रेस युनियन कास्कीले स्थापना गरेको प्रेस युनियन राष्ट्रिय पत्रकारिता पुरस्कारबाट अग्रज पत्रकार कविर राणा र समिर जंग शाहलाई संयुक्त रुपमा प्रदान गरिने छ ।
पुरस्कारको राशि ३५ हजार पाँच सय ५५ रुपैयाँ दोसल्ला र सम्मान पत्र रहेको छ । युनियनको कास्की शाखाले स्थापना गरेको नेपाल प्रेस युनियन राष्ट्रिय पत्रकारिता पुरस्कार एवं पत्रकार कल्याण कोषबाट प्रदान गरिन लागेको यो दोस्रो पुरस्कार हो । यस अघि पहिलो पुरस्कार पोखराका अग्रज पत्रकार गंगाधर पराजुलीलाई प्रदान गरिएको थियो ।
नेपाल प्रेस युनियन कास्कीले स्थापना गरेको पत्रकारिता पुरस्कार एवं पत्रकार कल्याण कोषमा १२ लाख रुपैयाँ रहेको छ । कोषबाट प्राप्त व्याजबाट पत्रकारहरुलाई पुरस्कृत गर्ने तथा आर्थिक सहयोग गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij