२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक

मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक

880
Shares

काठमाडौं– गत माघ २५ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयहरू सार्वजनिक भएको छ ।
बिहिबार सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषद् बैठकमा भएका निर्णयबारे जानकारी दिएका हुन्।

निर्णयहरू  यी हुन् :-

१. नेपाल सरकार र संयुक्त राज्य अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) बीच सम्पन्न ‘मिलेनियम च्यालेन्ज कम्प्याक्ट’ अनुमोदनका लागि संघीय संसद्मा पेश गर्ने निर्णय गरिएको छ ।

२. औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रबन्धक पदमा सुवास सिटौलालाई नियुक्त गरिएको छ ।

३. बजेट कार्यान्वयनमा देखिएका समाधान गर्ने निर्णय गरिएको छ ।

४. सेफगाड्र्स एन्टी–डम्पिङ तथा काउन्टरभेलिङ विधेयक, २०७५ संघीय संसद्मा पेश गर्न स्वीकृति प्रदान गरिएको छ ।

५. नागरिकता (मायादेवी थापा क्षेत्री) सदर÷बदर सम्बन्धमा पुनः निर्णय गर्न काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई अनुमति दिइएको छ ।

६. अध्यागमन नियमावली, २०५१ को अनुसूची ११ संशोधन गर्ने निर्णय गरिएको छ ।

७. लागू औषध प्रयोगकर्ताहरूको लागि उपचार तथा पुनस्र्थापना  केन्द्र सञ्चालन निर्देशिका, २०७५ स्वीकृत गरिएको छ ।

८. क्रिकेट, साग फुटबलमा सफलता प्राप्त गर्ने खेलाडी, प्रशिक्षक तथा अफिसियलहरूलाई पुरस्कार (जम्मा रु. १ करोड ५६ लाख) प्रदान गर्ने निर्णय गरिएको छ।

९. राष्ट्रिय खेलकुद विकास विधेयक, २०७५ संघीय संसद्मा पेश गर्न स्वीकृति प्रदान गरिएको छ।

१०. पाँच जना सहायकरथीलाई उपरथी दर्जामा पदोन्नती गरी पदस्थापन गर्ने तथा पाँच जना उपरथीलाई सरुवा गर्ने निर्णय गरिएको छ ।

११. प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका, २०७५ स्वीकृत गरिएको छ।

१२. बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति (गठन) (पहिलो संशोधन) आदेश, २०७५ स्वीकृत गरिएको छ।

१३. नेपाल दूरसञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक श्री पुरुषोत्तम खनाललाई नेपाल दूरसञ्चार प्राधिकरणमा कार्यवाहक अध्यक्ष तोक्ने निर्णय गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij