२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

घुस काण्डमा मुछिए पछि अख्तियारका आयुक्त पाठकले दिए राजीनामा

घुस काण्डमा मुछिए पछि अख्तियारका आयुक्त पाठकले दिए राजीनामा

1.2K
Shares

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले पदबाट राजीनामा दिएका छन्।
शुक्रबार दिउँसो शितलनिवास पुगेर उनले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा बुझाएका हुन्।
पाठकले भक्तपुरको चांगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका सञ्चालकसँग घूस लिएको भिडियो रेकर्डसम्बन्धी समाचार सार्वजनिक भएको थियो ।

स्वामित्व विवादमा रहेको इन्जिनियरिङ कलेजका सञ्चालक लम्बोदर न्यौपानेले आयुक्त पाठकलाई ७८ लाख घूस दिएको समाचार सार्वजनिक भएसँगै सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीले उनीमाथि महाभियोगको छलफल अगाडि बढाएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij