काठमाडाैं -समृद्ध कर्णाली अभियानको आयोजनामा राजधानीको भृकुटीमण्डपमा कर्णाली एक्स्पो हुने भएको छ। कर्णालीलाई चिन्ने र चिनाउने तथा पर्यटनमा लगानी प्रवद्र्धन गर्ने उद्देश्यले सो एक्स्पो हुने भएको हो।
‘हाम्रा गौरवका पानाहरु र सम्भावनाका खानीहरुको उत्सव’ भन्ने मुख्य नाराका साथ आगामी फागुन ३ गतेदेखि ५ गतेसम्म उक्त एक्स्पो चल्ने छ।
कर्णालीका मौलिक साँस्कृतिक कार्यक्रम, प्राङ्गरिक कृषि प्रदर्शनी, रैथाने खानाका परिकार, खस भाषा र सभ्यताको सत्र र कर्णालीको जीवनशैली झल्काउने फोटो भिडियो एक्स्पोको प्रमुख विशेषता रहने एक्स्पोका संयोजक उपेन्द्र शाहीले जानकारी दिए।
आयोजकका अनुसार ४० ओटा स्टलमार्फत एक्स्पो प्रर्दशनी हुने छ। प्रदर्शनीमा कर्णाली प्रदेशमा रहेका १० वटै जिल्लाको नृत्यसमेत प्रदर्शनी गरिने छ।
एक्स्पो अवलोकन कर्ताले कर्णालीको रिति रिवाज, संस्कृती थाहा पाउनुका साथै अर्गानिक खानेकुराको स्वादपनि पाउने छन्। आयोजकका अनुसार एक्स्पो अवलोकनका लागि विद्यार्थीलाइ एक सय रूपैयाँ र अन्यको लागि २ सय रूपैयाँ शुल्क लाग्ने छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij