२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्रधानमन्त्रीको अमेरिकी राजदूतसँग ‘वान टु वान’ वार्ता

प्रधानमन्त्रीको अमेरिकी राजदूतसँग ‘वान टु वान’ वार्ता

1.1K
Shares

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र नेपालस्थित अमेरिकी राजदूत र्‍यान्डी बेरीबीच भेटवार्ता भएको छ।
राजदूत बेरी मंगलबार साँझ बालुवाटारस्थित प्रधानमन्त्री निवासमा दक्षिण अमेरिकी मुलुक भेनेजुयलाबारे सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले दिएको वक्तव्य र त्यसपछि आएको सरकारको धारणासँग असन्तुष्ट रहेको अमेरिकाका राजदूत र प्रधानमन्त्रीको भेट वान– टु–वान थियो।
झन्डै आधा घन्टा लामो भेटवार्तामा के–के कुराकानी भयो भन्ने विषयमा प्रधानमन्त्री कार्यालय र काठमाडौंस्थित अमेरिकी दूतावासले खुलाएका छैनन्।
यसअघि माघ १८ गते परराष्ट्र मन्त्री ज्ञवालीले काठमाडौंस्थित विदेशी नियोगका प्रमुखहरूलाई नेपालको कूटनीति र लगानी सम्मेलनबारे ब्रिफिङ गरेका थिए। त्यो बेला अमेरिकी राजदूत र्‍यान्डी बेरी उपस्थित भएका थिएनन् ।
मंगलबार नै प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदबारस्थित कार्यालयमा बेलायतका राजदूत रिचार्ड मोरिस, फ्रान्सका राजदूत फ्रंसोआ जाविये लेजे र साउदी अरबका राजदूतसँग औपचारिक भेट वार्ता गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij