२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

माघ २५ गतेदेखि काठमाडौंमा ‘नेपाल बिल्डकन अन्तराष्ट्रिय प्रर्दशनी’ हुने

माघ २५ गतेदेखि काठमाडौंमा ‘नेपाल बिल्डकन अन्तराष्ट्रिय प्रर्दशनी’ हुने

1.5K
Shares

काठमाडौं–  काठमाडौंको भृकुटीमण्डवमा ‘नेपाल बिल्डकन अन्तराष्ट्रिय प्रर्दशनी’ आयोजना हुने भएको छ ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यही माघ २५ गतेदेखि निर्माण सामग्रीहरुको अन्तराष्ट्रिय प्रर्दशनी ‘नेपाल बिल्डकन अन्तराष्ट्रिय प्रर्दशनी’ आयोजना गर्न लागिएको जानकारी दिइएको हो । ३ दिनसम्म चल्ने प्रर्दशनीमा अन्तर्राष्ट्रिय स्तरमा निर्माण कम्पनीहरुसहितको १ सय ५० भन्दा बढि स्टल रहनेछन ।

निर्माण सामग्रीहरुबारे विस्तृत जानकारी दिने उद्देश्यका साथ प्रर्दशनी आयोजना गर्न लागिएको प्रर्दशनीको टाईटल स्पोन्सर आरती स्ट्रिप्स प्रालिका प्रबन्ध निर्देशक प्रज्ञान भट्टराईले जानकारी दिए ।

प्रर्दशनीमा भूकम्प प्रतिरोधी घर निर्माणका लागि विस्तृत जानकारी दिने व्यवस्था पनि हुने आयोजक संस्थाहरुले जनाएका छन । प्रर्दशनी पुनर्निर्माणको अभियानमा सघाउ पुर्याउन पनि सहयोगी हुने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij