२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आजदेखि नेपाल टेलिकमको अफरै अफर

आजदेखि नेपाल टेलिकमको अफरै अफर

1.8K
Shares

काठमाडौं–  नेपाल टेलिकमले हालसम्म पोष्टपेडमा मात्र दिंदै आएको रोमिङ सेवा प्रिपेडमा पनि शुरु गरेको छ। अबदेखि नेपाल टेलिकमको प्रिपेड मोबाइल सेवामा अन्तर्राष्ट्रिय रोमिङ सुविधा उपलब्ध हुने भएको छ । यसका लागि आज आउटबोण्ड रोमिङ सफ्ट लन्च भएको छ । एनटिसीले आफ्नो १५ औ बार्षिकोत्सवको अवसर पारेर प्रिपेड मोबाइल सेवामा पनि रोमिङ शुरु गर्न लागेको  हो ।

यसअघि कम्पनीको नेटवर्कमा विदेशी अपरेटरका ग्राहक तथा कम्पनीका पोष्टपेड ग्राहकलाई मात्र विदेशी अपरेटरको नेटवर्कमा रोमिङ सेवा प्रदान गरेको थियो । आजदेखि भने यो सेवा प्रिपेडमा पनि लागू भएको छ ।

टेलिकमले पहिलो चरणमा भारत र चीनमा यो सेवा उपलब्ध हुने जनाएको छ । यसमा कुनै धरौटीको व्यवस्था छैन । यद्यपि, पहिलेदेखि अन्तर्राष्ट्रिय रोमिङ कल सुविधा पाउँदै आएका पोष्टपेड ग्राहकले भने १० हजार धरौटी राख्नुपर्ने व्यवस्था जनवरी १ बाट लागू भएको छ । यसअघि ३० हजार रुपैयाँ धरौटी राख्नुपर्थ्यो ।

यसैगरी कम्पनीले बार्षिक उत्सवको अवसर पारेर माघ २२ देखि फागुन २२ सम्म  एनटी मोबाइल एप डाउनलोड तथा रजिष्ट्रेसनमा निशुल्क १० एमबी डाटा उपलब्ध गराउने जनाएको छ । जिएयसएम पोष्टपेड ग्राहकलाई ९०० रुपैयाँको प्याकेजमा प्रति महिना दुइ जीवि डाटा र ५०० रुपैयाँको निशुल्क रिसोर्स उपलब्ध गराउँदै आएकोमा अब प्रतिमहिना अल टाइम डाटा ३.३ जिबी  र ५०० रुपैयाँको रिसोर्स उपलब्ध हुनेछ ।

यता, माघ २३ देखि फागुन ८ सम्म रजिष्ट्रर हुने नयाँ जिएसएम पोष्टपेड मोबाइल ग्राहकलाई ३ महिनासम्म प्रतिमहिना अल टाइम डाटा एक जीबि र १०० मिनेट अल टाइम भ्वाइस बोनस उपलब्ध हुनेछ ।   यस्तै, माघ २२ देखि ९० दिनसम्म दैनिक, साप्ताहिक र मासिक चाइना कल प्याकेज अन्र्तगत क्रमशः ३५ रुपैयाँमा १० मिनेट, १५० रुपैयाँमा ४५ मिनेट र ५०० रुपैयाँमा १६५ मिनेट उपलब्ध हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij