काठमाडौं–जगदम्बा इन्टरप्राइजेजले नयाँ उत्पादन जगशक्ति गोल्ड टिमएटी छड बजारमा नेपाली ल्याएको छ । राजधानीमा बिहीबार साँझ आयोजित कार्यक्रमबीच जगदम्बा समूहका अध्यक्ष शंकरलाल अग्रवाल, जगदम्बा इन्टरप्राइजेजका निर्देशकद्वय अनिल रुंगटा, विशाल पटवारी तथा सद्भावना दूत सीताराम कट्टेल र कुञ्जना घिमिरेले जगशक्ति गोल्ड टिएमटी बार सार्वजनिक गरेका हुन् ।
कार्यक्रममा जगशक्ति गोल्डका प्राविधिक परामर्शदाता एस राजामनीले जगशक्ति गोल्ड फे ५०० डी टिएमटी छडको विशेषता जानकारी दिएका थिए । यो छड परम्परागत प्रणालीबाट उत्पादितभन्दा उच्च गुणस्तरीय हुने उनले जनाए । राजामनी भारतको चर्चित टाटा स्टिलमा काम काम गरिसकेका वरिष्ठ प्राविधिक हुन् ।
यसमा सल्फर र फसफोरसजस्ता अशुद्ध तत्वलाई शून्य दशमलव ०६ भन्दा कम गराइएको हुन्छ, उनले भने, ‘फे ५०० डी श्रेणीका टिएमटी छड साधारण श्रेणीका छडभन्दा उच्च लचिला हुन्छन् ।’ उच्च नियन्त्रण भएको थर्मो केमिकल ट्रिटमेन्टबाट उत्पादन गरिएका डी श्रेणीका छड भूकम्प प्रतिरोधात्मक र यान्त्रिक रूपमा पूर्ण सक्षम हुने उनले जनाए ।
जगशक्ति टिएमटी गोल्डको प्रयाग गर्दा कंक्रिटले अत्यधिक दबाब सहने क्षमता राख्ने कम्पनीको दाबी छ । खिया प्रतिरोधात्मक यस छडमा उत्कृष्ट वेल्डिङ क्षमता रहेको कम्पनीले जनाएको छ ।
जगदम्बा इन्टरप्राइजेजले विभिन्न प्रकारका कालो पाइप, जिआई (फलामे) पाइप, विद्युतीय पोल, सटर प्रोफाईका साथै स्ट्रक्चरल पुल, ट्रससमेत उत्पादन तथा जडान गर्दै आएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij