काठमाडौं–सनराइज बैंकले सिरहा जिल्ला लहान नगरपालिका वडा नं. ८, लहानस्थित शाखा कार्यालयलाई साविकको स्थानबाट करिव ७ सय ५० मिटरको दुरीमा स्थानान्तरण गरेकोे छ । स्थानान्तरण गरिएको शाखाको उद्घाटन उद्योग वाणिज्य महासंघ नेपालका उपाध्यक्ष किशोर प्रधान तथा उद्योग वाणिज्य संघ लहानका अध्यक्ष अशोकलाल अमात्यले संयुक्त रुपमा गरे ।
साथै प्रदेश सभा सदस्य एवंम् पूर्व मेयर लगनलाल चौधरीले लहान शाखाको एटिएमको उद्घाटन गरेका हुन् ।
हाल सन्राइज बैंकले मुलुकभर १०२ वटा शाखा, ११४ वटा एटिएम, २८ वटा शाखारहित बैंकिङ र ४ वटा एक्सटेन्सन काउण्टर मार्फत आफ्ना ५ लाख ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij