२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

‘एनआइसी एसिया रन फर हेल्थ’ दौड प्रतियोगिता सम्पन्न

‘एनआइसी एसिया रन फर हेल्थ’ दौड प्रतियोगिता सम्पन्न

895
Shares

काठमाडौं– एनआइसी एसिया बैंकले ‘एनआइसी एसिया रन फर हेल्थ’ दौड प्रतियोगिता सम्पन्न गरेको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विराटनगर प्लाटिनम राउन्ड टेबल ११ र विराटनगर लेडिज सर्कल–५ को सहकार्यमा विराटनगर–शंकरपुरस्थित जनता नमुना उच्च माध्यमिक विद्यालयमा आयोजना गरिएको प्रतियोगितामा विराटनगरका विभिन्न कलेजको सहभागिता थियो ।

राष्ट्रिय अर्बुदरोग निवारण दिवसको पूर्वसन्ध्यामा अर्बुद रोगको विषयमा सर्वसाधारणमा जनचेतना जगाउन सचेतनामूलक उक्त दौड कार्यक्रमको आयोजना गरिएको बैंकले जनाएको छ ।
५ किलोमिटर दूरीको सो प्रतियोगितात्मक दौडमा करिब १ हजारजना युवायुवतीले सहभागिता जनाएका थिए । नेपाल सरकार प्रदेश–१ का संघीय संसद्का सांसद मोती दुगड र विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले उद्घाटन गर्नुभएको उक्त कार्यक्रममा चर्चित नायिका केकी अधिकारी र रिचा शर्मा अतिथिका रूपमा सहभागी थिए ।

प्रतियोगितामा छात्रतर्फ सिटी कलेज विराटनगरका सुम्रित यादव प्रथम, मेरिल्यान्ड कलेजका समीर क्षत्री दोस्रो र नगरग्राम उच्च माविका चिर्पा शेर्पा तेस्रो भएका थिए भने छात्रातर्फ अर्किड कलेजकी ज्योति त्रिताल प्रथम, सिटी कलेजकी श्रीसन घिमिरे दोस्रो र अर्किड कलेजकी रञ्जिता माझी तेस्रो भए ।

प्रथम, दोस्रो तथा तेस्रो हुनेलाई पुरस्कारस्वरूप क्रमशः ३२ इन्चको टेलिभिजन, माइक्रोवेभ ओभन र भ्याकुम क्लिनर प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij