काठमाडौं– गरिमा विकास बैंकले वैदेशिक मुद्राको खरिद तथा बिक्री कारोबार सुरुवात गरेको छ । बिहीबार एक कार्यक्रमबीच विकास
बैंकका अध्यक्ष चन्द्रकान्त बरालले बैंकको लाजिम्पाट शाखाबाट सेवाको शुभारम्भ गरेका हुन् ।
योसँगै ग्राहकले गरिमा विकास बैंकबाटै विदेशी मुद्रा खरिद, बिक्री र सटही गर्न सक्ने बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले बताए । गरिमा विकास बैंकले आर्थिक वर्ष ०७५/७६ को दोस्रो त्रैमासको अन्त्यसम्म २६ अर्ब ९८ करोड रुपैयाँ निक्षेप संकलन गरी २३ अर्ब ५२ करोड कर्जा लगानी गरेको जनाएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij