२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

ओम डेभलपमेन्ट बैंकको सहयोगमा दृष्टिविहीनलाई कम्प्युटर शिक्षा

ओम डेभलपमेन्ट बैंकको सहयोगमा दृष्टिविहीनलाई कम्प्युटर शिक्षा

815
Shares

काठमाडौं– ओम डेभलपमेन्ट बैंकको सहयोगमा दृष्टिविहीनका लागि पोखरामा कम्प्युटर शिक्षा तालिम सुरु भएको छ । बैंकको आर्थिक सहयोग र कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्की शाखाको आयोजनामा सञ्चालित तालिमको बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले उद्घाटन गरेका थिए । पोखरामा आयोजना हुने ‘भायानेट क्यान इन्फोटेक–२०१९ इन एसोसिएसन विथ आइएमई पे’को पूर्वसन्ध्यामा तालिम आयोजना गरिएको हो ।

पोखरामा केन्द्रीय कार्यालय रहेको ओम डेभलपमेन्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमको निरन्तरत स्वरूप कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।
यसअघि खैरेनी मावि खैरेनीटार तनहुँको पुस्तकालयलाई पुस्तक हस्तान्तरण र सिद्धेश्वर महादेव वृद्धाश्रम गैँडाकोटलाई आर्थिक सहयोग एवं हरिहर आश्रम देवघाटलाई कम्प्युटर हस्तान्तरण गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij