२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिटी एक्सप्रेस फाइनान्स पनि अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीमा आबद्ध

सिटी एक्सप्रेस फाइनान्स पनि अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीमा आबद्ध

970
Shares

काठमाडौं– नेपाल क्लियरिङ हाउसद्वारा सञ्चालित अन्तरबैंक विद्युतीय भुक्तानी (एनसिएचएल–आइपिएस) प्रणालीमा सिटी एक्सप्रेस फाइनान्स पनि आबद्ध भएको छ । नेपाल क्लियरिङ हाउस लिमिटेडले सोमबारदेखि कारोबार सुरु गर्ने गरी सिटी एक्सप्रेस फाइनान्सलाई प्रणालीमा आबद्ध गराएको छ ।

यस प्रणालीमार्फत कम्पनीसँग आबद्ध सदस्य बैंक तथा वित्तीय संस्थाका ग्राहकको कुनै पनि खातामा भुक्तानी दिने र लिनेजस्ता कारोबार सञ्चालन गर्न सक्नेछन् ।
ग्राहकको रकम स्थानान्तरण, डिभिडेन्ट पेमेन्ट, बिल भुक्तानी, प्रिमियम भुक्तानी, सामाजिक सुरक्षाभत्ता, पेन्सन/तलब भुक्तानी, रेमिट्यान्सलगायत भुक्तानी दिने तथा लिने सेवासमेत यस प्रणालीबाट सदस्य बैंक तथा वित्तीय संस्थाले लिन सक्नेछन् ।

नेपाल राष्ट्र बैंक, बैंक वित्तीय संस्था र स्मार्ट च्वाइस टेक्नोलोजीबाट प्रवद्र्धित नेपाल क्लियरिङ हाउस लिमिटेडले विभिन्न राष्ट्रिय स्तरका भुक्तानी प्रणाली स्थापना र सञ्चालन गर्ने उद्देश्य लिएको छ । नेपाल क्लियरिङ हाउसको अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीमा हालसम्म ७५ बैंक तथा वित्तीय संस्था सहभागी भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij