काठमाडौं– सिद्धार्थ बैंकले भिसाकार्डबाहक ग्राहकलाई लक्षित गरी नगद फिर्ता योजना सञ्चालन गरेको छ । योजनाअन्तर्गत पहिलोपटक ५ सय रुपैयाँ वा सोभन्दा बढी रकमको अनलाइन कारोबार गर्दा ग्राहकले १ सय रुपैयाँ क्यास ब्याक पाउने बैंकले जनाएको छ ।
अनलाइन कारोबार गर्दा, ग्राहकको रजिस्टर्ड मोबाइल तथा इमेल आइडीमा ओटिपी (वान टाइम पासवर्ड) आउँछ र उक्त ओटिपी भेरिफाई भएपछि मात्र कारोबार सफल हुन्छ । बैंकद्वारा जारी इन्टरनेसनल प्रिपेड कार्ड प्रयोग गरी ग्राहकले भारतीयबाहेक जुनसुकै मुद्रामा पनि अनलाइन कारोबार गर्न सक्नेछन् भने बैंंकको डेबिट र क्रेडिट कार्ड प्रयोग गरी नेपाली र भारतीय मुद्रामा अनलाइन कारोबार गर्न सकिने बताइएको छ ।
नगद फिर्ता सुविधासँगै बैंकका ग्राहकले अनलाइन किनमेल, होटेल बुकिङ, एयरलाइन टिकेटिङलगायत विभिन्न कार्य सजिलै र सुरक्षित ढंगले गर्न सक्नेछन् ।
सिद्धार्थ बैंकले हाल देशभर १ सय ३७ शाखा, ९९ शाखारहित बैंकिङ सेवा, १ सय ४७ एटिएम र १२ सयभन्दा बढी पिओएस मेसिनमार्फत वित्तीय सेवा दिँदै आएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij