२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

चिकित्सकी छोरी अपहरणमा संलग्न मनीष गुप्ता महोत्तरीबाट पक्राउ

चिकित्सकी छोरी अपहरणमा संलग्न मनीष गुप्ता महोत्तरीबाट पक्राउ

1.5K
Shares

काठमाडौं– राजधानीको थापाथलीस्थित प्रसूतिगृहकी चिकित्सक डा. बबिता साहकी २ वर्षीया छोरी सन्विज्ञाको अपहरणमा संलग्न मनीष गुप्तालाई प्रहरीले पक्राउ गरेको छ ।
सोमबार महोत्तरीको भिटामोडबाट महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले गुप्तालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
साहले बालिकालाई गत माघ ११ गते बिहान कोटेश्वरको खरिबोट महादेवस्थानबाट अपहरण गरेका थिए ।
प्रहरीले अपहरणमा संलग्न भनिएका आरती गुप्ता र बबलु श्रेष्ठलाई यसअघि नै जनकपुरबाट पक्राउ गरेको थियो ।
शाहकी अपहृत दुई वर्षीया छोरीको करीब आठ घण्टापछि सकुशल उद्धार गरिएको थियो । अपहरणकारी गुप्ता भने फरार रहँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij