२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मार्सी चामलको माग बढ्यो

मार्सी चामलको माग बढ्यो

1.8K
Shares
close up of basmati rice

काठमाडाैं – पछिल्लो समयमा कालीमार्सी चामलसँग जोदिएर नेपाली राजनीति र व्यवसायिक क्षेत्रमा व्यापक चर्चा छ । मार्सीसँग जोडेर नेता र व्यवसायीलाई व्याङ्ग्या प्रहार भइरहेका बेला झापामा कालीमार्सी चामलले राम्रो बजार पाएको छ ।

राजनीतिक चर्चा सुनेरै बिर्तामोड अन्तर्राष्ट्रिय व्यापारिक महोत्सवस्थलसम्म जुम्ली मार्सी चामल किन्न आएको पवित्रा पाठक बताउँछिन् । ‘जुम्ली मार्सीको स्वाद चाख्ने रहर थियो,’ पवित्राले भनिन्, ‘मार्सी चामलमा धेरै गुण पाइने सुनेको छु, त्यसैले पनि खोजीखोजी महोत्सव स्थलसम्म आएकी हुँ ।’ याे समाचार काराेबार दैनिकमा मनिषा चम्लागाईले लेखेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij