२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिटिजन्स बैंक साफाद्वारा पुरस्कृत

सिटिजन्स बैंक साफाद्वारा पुरस्कृत

1.3K
Shares

काठमाडौं–साउथ एशियन फेडेरेशन अफ एकाउन्टेन्ट्स (साफा)द्वारा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड पुरस्कृत भएको छ ।
भारतको पुणेमा आयोजित एक समारोहमा बैंकलाई पुरस्कृत गरिएको हो । प्राइभेट सेक्टर बैंक विधामा बैंकले सर्टिफिकेट अफ मेरिट प्राप्त गरेको छ । सार्क क्षेत्रमा क्रियाशील रहेका व्यावसायिक लेखा निकायहरूको छाता संगठनको रूपमा स्थापित साफाले हरेक वर्ष दक्षिण एसियामा प्रकाशित वार्षिक प्रतिवेदनहरुको मूल्यांकन गरी विभिन्न विधामा पुरस्कार वितरण गर्दै आईरहेको छ ।
साफाले यो पुरस्कार वार्षिक लेखा प्रतिवेदनमा समावेश भएका उद्देश्य, जोखिम व्यवस्थापन, लेखा सम्बन्धि टिप्पणी, पारदर्शिता, जवाफदेहीता, संस्थागत सुशाशन, तथा अन्य डिसक्लोजरका आधारमा मूल्यांकन गरी उत्कृष्ट छनौट भएको वार्षिक प्रतिवेदनलाई दिने पुरस्कार हो ।
विगतमा पनि साफा वेस्ट प्रिजेन्टेड एन्युअल रिपोर्ट अवार्ड– २०१५ समारोहमा बैंकको वार्षिक प्रतिवेदनलाई दुई विधामा सार्क एनिभर्सरी अवार्ड फर कर्पोरेट गभर्नेन्स र प्राइभेट सेक्टर बैंक मा सर्टिफिकेट अफ मेरिट प्राप्त भएको थियो ।
यसका साथै बैंकको वार्षिक प्रतिवेदनलाई आईक्इानद्वारा वेस्ट प्रिजेन्टेड एन्युअल रिपोर्ट २०१५ र २०१७बाट पनि पुरस्कृत गरिएको थियो । बैंकले आगामी दिनमा पनि उत्कृष्ट वार्षिक प्रतिवेदन प्रकाशन गर्ने तथा संस्थागत सुशाशनलाई थप पारदर्शी र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्दछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij