२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल पुस्तकालय संघको अध्यक्षमा इन्द्रप्रसाद अधिकारी निर्वाचित

नेपाल पुस्तकालय संघको अध्यक्षमा इन्द्रप्रसाद अधिकारी निर्वाचित

1.7K
Shares

काठमाडौं – नेपाल पुस्तकालय संघको नयाँ कार्य समितिको निर्वाचन यही माघ ५ गते सम्पन्न भएको छ । उक्त कार्य समितिमा अध्यक्षमा इन्द्रप्रसाद अधिकारी निर्वाचित भएका छन् । नेपाल पुस्तकालय संघ व्यावसायिक लाइब्रेरियनहरूको एक पेशागत संघ हो । नव निर्वाचित अध्यक्ष इन्द्रप्रसाद अधिकारी हाल त्रि.वि.केन्द्रीय पुस्तकालयका प्रमुखको कार्यभार समेत सम्हाल्दै आएका छन् । अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष तथा ७ जना सदस्य सहित १२ जना पदाधिकारी रहेको संघको निर्वाचित हुने अन्य पदाधिकारीहरुमा उपाध्यक्षमा सुदिप ढकाल, महासचिवमा रेशमा डंगोल, सहसचिवमा सरोज गैरे, कोषाध्यक्षमा रिता शर्मा निर्वाचित भएका छन् । अन्य निर्वाचित सदस्यहरुमा गोबिन्द चौलागाईं, बसन्त पौडेल, केन्द्रा फोम्बो,सुषमा बस्नेत, अन्जु श्रेष्ठ, शैलेन्द्र कुमार गुप्ता, रितेस नेवाः रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij